अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 13:16

महिला तथा बालबालिका कार्यालय पोखरा महानगरलाई हस्तान्तरण

बिआरटीनेपाल २०७५ साउन २३ गते ९:२६ मा प्रकाशित

जिल्ला समन्वय समिति कास्कीले महिला तथा बालबालिका कार्यालय पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र अनुसार जिल्लामा नरहने भनिएका कार्यालयहरु स्थानिय तहलाई हस्तान्तरण गर्न दिइएअनुसार समन्वय समिति कास्कीले बुधबार एक औपचारिक कार्यक्रम गरेर महिला तथा बालबालिका कार्यालयमा रहेका सम्पूर्ण चल सम्पत्ति महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले महानगरपालिकाका भण्डारण शाखा प्रतिनिधिद्वय ज्ञानेश्वर पौडेल र रेवती भण्डारीलाई संयुक्त रुपमा विभिन्न सामाग्री हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गरिएको सामाग्रीहरुमा कम्प्युटर ४ थान, युपिएस १ थान, प्रिन्टर २ थान, अफिस टेवल ६ थान, कम्प्युटर टेवल १ थान, मिटिङ टेवल २ थान, स्टील दराज ९ थान, एक थान स्कुटर, रिभल्विङ चेयर ३ थान, काठको बेञ्च २ थान, चार्ट बोर्ड ५ थान, सोफासेट ३ थान, टि टेवल ४ थान, सिंगल पलङ २ थान, ग्यास सिलिण्डर २ थान, ग्यास स्टोभ १ थान, स्टिल जग ४ थानलगायतका ३५ प्रकारका सामान रहेका छन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले असार मसान्त सम्ममा सबै सामान बुझेर ताला लगाइएको र आज प्रक्रिया पु¥याएर महानगरपालिकालाई हस्तान्तरण गरिएको वताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू