अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योगी–व्यवसायीहरुको राष्ट्रिय भेला सम्पन्न

बिआरटीनेपाल २०७५ साउन २३ गते ९:२५ मा प्रकाशित

पर्साको वीरगन्जमा आयोजित उद्योगी–व्यवसायीहरुको राष्ट्रिय भेला २३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । भेलाले राज्यले कुनै ठोस नीति लिएर अघि बढ्न नसकेकाले देशमा उत्पादनमूलक उद्योगको विकास हुन नसकेको निष्कर्ष निकालेको छ । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष किशोरकुमार प्रधानका अनुसार सम्मेलनमा देशभरका उद्योगी–व्यवसायीले उद्योग–व्यवसाय सन्चालनका क्रममा देखिएका समस्याका बारेमा गम्भीर ढंगले छलफल गरिएको थियो ।

करका दरहरु अत्यधिक भएको, अध्ययनबिना कर लागू गरिएको, करमा दोहोरोपन भएको, एकीकृत सम्पत्ति कर, घरबहाल कर, बैंकको ब्याजदर अत्यधिक वृद्धि भएको लगायतका विषयमा भेलामा छलफल गरिएको थियो । देशका १०५ ओटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधि सहभागी भेलाको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले गत मंगलबार उद्घाटन गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू