अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१२ | Colorodo: 00:27

गण्डकी प्रदेश मन्त्रीपरिषद् वैठक-पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश मातहतमा दिन माग

बिआरटीनेपाल २०७५ साउन २३ गते ९:२० मा प्रकाशित

गण्डकी प्रदेशको मन्त्रिपरिषद वैठकले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याउन केन्द« सरकारसंग माग गर्ने निर्णय गरेको छ । बुधबार पोखरामा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । क्षेत्रीय अस्पताल केन्द्रीय सरकारको मातहतमा हुँदा सेवाग्राहीलाई सुविधा दिन असहज भएको भन्दै प्रदेश सरकारको मातहतमा ल्याउन पहल गरिएको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।

साथै, बैठकले अस्पतालका सिटीस्कान र एमआरआइलगायतका उपकरण बिगँ्रदा जनताले दुःख पाएकाले मर्मत गर्नका लागि बजेटको समेत माग गरेको छ । प्रदेश सरकारले उक्त अस्पताललाई आफ्नो मातहतमा ल्याएर एक हजार शैयाको अस्पताल सन्चालन गर्ने योजना रहेको बताएको छ ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट हुने प्रशासनिक कार्य नियमन गर्ने कार्यविधी २०७५ लाई मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णयसमेत गरेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू