अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

राजु लामा र मिलन लामाले लिस्वोन तताए

बाइ बि तमु, लिस्वोन २०७५ साउन २३ गते ७:०४ मा प्रकाशित

लिस्वोनको बाहिरी तापक्रम ४२ डिग्री पुगेको थियो लिस्वोन यो वर्ष निक्कै तातेको त थियो नै झन् नेपालका चर्चित पप तथा लोक गायक द्धय राजु लामा र मिलन लामाको साङ्गीतिक धमाकाले लिस्वोनको ताप ह्वात्तै पचास डिग्री भन्दा माथि पु¥याउन सफल भए ।

तामाङ्ग समाज पोर्चुगलद्धारा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न पहिलो पटक लिस्वोन आएका पप गायक राजु लामा र दोस्रो पटक आएका लोक गायक मिलन लामाले पोर्चुगलका दर्शकहरूको मन जित्न सफल भए ।

सांस्कृतिक कार्यक्रमको पहिलो सत्रको औपचारिक कार्यक्रममा प्रमुख अतिथि पोर्चुगलका लागि नेपाली पर्यटन दूत रमेश कुमार गुरुङ्ग, विशेष अतिथि गैह्र आवासीय नोपली सङ्घ राष्ट्रिय समन्वय परिषद्,पोर्चुगलका अध्यक्ष कुविर कार्की, आदिवासी जनजाति महासङ्घ, पोर्चुगलका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पा, नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष सीता बराल, अनेसास,पोर्चुगलका सचिव विनोद प्रसाद धिमाल “स्पन्दन”,नेपाल पत्रकार महासङ्घका महासचिव योगेन्द्र मिलन छन्त्याल, लगायत विभिन्न जातीय तथा क्षेत्रीय समाजका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति सहित बाक्लो दर्शकहरूको उपस्थितिमा भएको पहिलो औपचारिक कार्यक्रममा प्रमुख अतिथि,विशेष अतिथिहरूले कार्यक्रमको सफलताको शुभकामना प्रदान गरेका थिए भने कार्यक्रम सञ्चालन समाजकी सचिव बिन्दु लामाले गरेकी थिइन ।

उक्त सांस्कृतिक कार्यक्रमको दोस्रो सत्रमा विशेष सांस्कृतिक कार्यक्रमको पहिलो धमाका लोक गायक मिलन लामाले सुरु गरेका थिए ।

दर्जन भन्दा बढी नयाँ तथा पुराना लोक गीतहरू मार्फत दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएका थिए भने कार्यक्रमका मुख्य आर्कशक बनेका राजु लामा हातमा नेपालको राष्ट्रिय झन्डा सहित “मेरो नेपाल मलाई प्यारो लाग्छ” भन्ने गीत गाउँदै स्टेज प्रवेश गर्दा शान्त भएर बसेका दर्शकहरूको मन थामिएन नसकी स्टेज नजिक उभिएर दर्शकहरूले सामूहिक स्वर दिँदै गायक राजु लामालाई भव्य स्वागत गरेका थिए ।

पहिलो पटक लिस्वोन आएका गायक राजु लामाले आफ्ना नयाँ तथा पुराना दर्जन भन्दा बढी गीतहरू गायक थिए । लिस्वोनको बाहिरी तापक्रम ४२ डिग्री पुगेको थियो भने उक्त सांस्कृतिक कार्यक्रमको तापक्रम भने पचास डिग्री भन्दा माथि थियो ।

पोर्चुगलमा बसोबास गर्ने विभिन्न प्रतिभावान् कलाकार भाइ बैनीहरूले पनि आ—आफ्नो नृत्य तथा गायनहरू प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू