अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२० | Colorodo: 22:35

एनआरएनए का. बा. अध्यक्ष सुनिल शाहसँग भेटघाट कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ साउन २२ गते ९:५४ मा प्रकाशित

क्यालिफोर्निया एनआरएनए का. बा. अध्यक्ष सुनिल शाह आफ्नो व्यक्तिगत भ्रमणमा रहेको बेला समय को सदुपयोग गर्दै क्यालिफोर्निया निवासी सङ्घ संस्थाका प्रमुख तथा स्थानिय समाज सेवीको एक टोलीले भेट घाट गरी एनआरएनए को पछिल्लो गतिविधि र बे एरियामा बन्न लागेको कामूनिटी भवनलाई एनआरएनएले कसारि सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल गरेको थियो । भेटमा साहले एन आर एन ए को गतिविधि र बन्न लागेको कमूनिटी भवनलाई एन आर एन ए संस्थाको र व्यक्तिगत तर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ त्यसमा आफ्नो सदैव तत्परता रहने जानकारी गराउनुको साथै यो पवित्र कार्यमा सबै स्थानियबासीहरूको साथ र सहयोग अपरिहार्य छ भन्नु भयो । 

अबको एनआरएनएको अध्यक्ष पदको लागी दौडमा त हूनुहुन्न ? भन्ने पत्रकारको प्रश्नमा साहले हाँसदई जवाफ दिनुभयो, मेरो यो भ्रमण नितान्त बेक्तिगत हो जहाँ सम्म अध्यक्षको कुरा छ यो मैले भन्दा पनि तपाईँहरू जस्तो साथी भाइहरूको साथ र सहयोग सद्भाव भएको खण्डमा आफू सदा सरबदा नेपाल र नेपाली दाजु भाइ दिदी बहिनीहरूको बृहत्तर हितको लागी काम गर्न तत्पर रहेको बताउनु भयो । कार्यक्रममा नेपाली कम्युनिटी भवनका संयोजक उत्तम कार्की, एन ये जी सी संस्थापक अध्यक्ष मणि पनेरू, एन आर एन ए क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष पूर्ण चन्द्र बानिया, च्याप्टरका उपाध्यक्ष तुलसी चौलगाई सचिव रोशन अधिकारी लगायतका स्थानिय समाज सेवी र सङ्घ संस्थाका प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया