अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९ | Colorodo: 23:14

नेपाली यु – १९ टोलीलाई भारतद्वारा क्रिकेट सिरिज खेल्न आमन्त्रण

बिआरटीनेपाल २०७५ साउन २२ गते ८:४२ मा प्रकाशित

नेपाली यु – १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निम्तो पाएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा खेल्ने भएका हुन् । युवा टोलीको क्षमता विकासको लागि भारतले हरेक बर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाईएको थियो भने यस पटक नेपाललाई मौका दिइएको छ ।

भारतको यू–१९ र अफगानिस्तानको यू–१९ टोलीले यो सिरिजलाई आगामी विश्वकपको तयारीका रूपमा हेरेका छन् । यसअघि, नोभेम्बरमा मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू–१९ ले भारतको यू–१९ टोलीमाथि ऐतिहासिक जित निकालेको थियो ।यस्तै सिरिजलाई यु–१९ एसिया कपको तयारीको रुपमा समेत लिइएको छ । बंगलादेशले आगामी अक्टोबरमा एसिया कपको आयोजना गर्दैछ । जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन् ।

 

प्रतिक्रिया