अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

इरान विरुद्ध अमेरिकाको नयाँ प्रतिबन्ध, मनोवैज्ञानिक युद्ध –ईरान

बिआरटीनेपाल २०७५ साउन २२ गते ८:४० मा प्रकाशित

सन् २०१५ मा भएको परमाणु सम्झौताबाट ईरान पछि हटेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ प्रतिबन्धको तयारी गर्नुभएको छ । यो प्रतिबन्ध केही घण्टापछि लागु हुने जनाइएको छ । नयाँ प्रतिबन्ध अटोमोबाइल क्षेत्रसँगै इरानको सुन र बहुमुल्य धातुको व्यापारमा सम्बन्धित रहेको अधिकारीहरुले जनाएका छन ।

आर्थिक दबाबका कारण इरान नयाँ सम्झौताका लागि तयार हुने र आणविक गतिविधि रोक्ने ट्रम्पको विश्वास छ । अमेरिकी राष्ट्रपतिले प्रतिबन्ध उल्लंघन गरे ईरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिनुभएको छ । तर, इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी कदमलाई मनोवैज्ञानिक युद्धको संज्ञा दिनुभएको छ । सरकारी टेलिभिजनमा सम्बोधन गर्दै रुहानीले अमेरिकासंग तत्काल वार्ताको सम्भावना नभएको भन्दै कूटनीति र वार्ताको पक्षमा रहे पनि यसमा इमान्दारिता जरुरी रहेको वताउनुभएको छ ।

सन् २०१५ मा इरानसँग गरिएको उक्त सम्झौतामा अरु हस्ताक्षरकर्ता मुलुकहरु रुस, चीन, बेलायत, फ्रान्स र जर्मनीले भने अमेरिकी कदमको आलोचना गर्दै आएका छन । उनीहरुले सम्झौता अनुसारको भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त सम्झौता अनुसार इरानले विवादित परमाणु गतिविधि नियन्त्रण गर्ने र यसको बदलामा उमाथिको प्रतिबन्ध खुकुलो पार्ने लगायतका प्रावधान समावेश गरिएको थियो । इरानले आफ्नो आणविक कार्यक्रम शान्ति पूर्ण उद्धेश्यका लागि भएको दाबी गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू