अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१३ | Colorodo: 01:28

राष्ट्रिय सभाका समितिद्वारा काम शुरु, पहिलो वैठक सम्पन्न

बिआरटीनेपाल २०७५ साउन २२ गते ८:२३ मा प्रकाशित

राष्ट्रिय सभा अन्तरगतका चारै वटा समितिहरुको पहिलो बैठक आज बसेको छ । गत बिहीवार गठन भएका राष्ट्रिय सभा अन्तरगत दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको पहिलो बैठकहरु वसेका छन ।

सबै समितिको आजको बैठकले सभापति चयन नभएसम्मका लागि ज्येष्ठ सदस्यलाई बैठकको अध्यक्षता गर्ने जिम्मा दिएको छ । जसअनुसार दिगो विकास तथा सुशासन समितिको अध्यक्षता दिनानाथ शर्मा, विधायन व्यवस्थापन समितिको हरिचरण शिवाकोटी, राष्ट्रिय सरोकार तथा समन्वय समितिको तारादेवी भट्ट र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको अध्यक्षता राधेश्याम अधिकारीले गर्नुहुनेछ ।

आजका सबै बैठक परिचयात्मक कार्यक्रममा सिमित भएका छन् । आगामी बैठकमा समिति सञ्चालनको कार्यविधी लगायतबारे छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । यसअघि हिजो प्रतिनिधिसभा अन्तरगतका सवै १० वटा समितिको पहिलो बैठक भने बसेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू