अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 23:46

डा. गोविन्द केसी अस्पतालवाट डिस्चार्ज-सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

बिआरटीनेपाल २०७५ साउन २२ गते ८:२१ मा प्रकाशित

चिकित्सा शिक्षा सुधारको मागसहित पटकपटक अनसन वस्नुभएका डा. गोविन्द केसीले आफूसँग भएका सम्झौताहरु तत्काल कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराउनुभएको छ । डा. केसीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मंगलवार पत्रकार सम्मेलन गर्दै सम्झौता कार्यान्वयनको लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सरकारले २ साताअघि डा. केसीसँग काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाईने, आशयपत्र लिई पूर्वाधार बनाएका कलेजलाई सरकारले किन्न सक्ने, एउटा विश्वविद्यालयले ५ भन्दा वढी मेडिकल कलेजलाई सम्वन्धन दिन नपाउने, मेडिकल कलेजले ७५ प्रतिशतसम्म छात्रवृत्ति दिनुपर्ने लगायतका ९ वुँदे सहमति गरेको थियो ।

सोही अनुसार हाल संसदीय प्रक्रियामा रहेको चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ र विपक्षी दलका सांसदले संशोधन दर्ता गरउका छन । डा. केसीले सहमति अक्षरसः पालना हुने र हाल परेका संशोधन सहित थप तोडमोड नगरी ऐन जारी हुने विश्वास समेत व्यक्त गर्नुभएको छ । सहमति तत्काल कार्यान्वयनमा नगए पुनः विरोधमा उत्रिने केसीले चेतावनी दिनुभएको छ । १५ औं पटकको अनशन २७ औं दिनमा तोडेपछि डा. केसी शिक्षण अस्पतालमै उपचाररत हुनुहुन्थ्यो । १३ दिनको उपचारपछि उहाँ मंगलवार अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू