अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

गृहमन्त्री थापाको राजीनामा माग गर्दै राप्रपाद्धारा सरकारविरुद्ध प्रर्दशन

बिआरटीनेपाल २०७५ साउन २२ गते ८:१८ मा प्रकाशित

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिला र बालबालिकामाथि श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेको विरोधमा मंगलबार काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध ¥यालीसहित प्रर्दशन गरेको हो ।
प्रर्दशनमा उत्रेका महिला नेतृहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका छन् ।

महिला र बालबालिकामाथि श्रृंखलावद्ध रुपमा भइरहेको हत्या, हिंसा र बलात्कारको घटना तत्काल रोक्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गर्नुपरेको संगठनकी अध्यक्ष रोशन कार्कीले जानकारी दिनुभयो । उहाँले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णतः असफल भएको दावी गर्दै गृहमन्त्री थापाको राजीनामा माग गर्नुपरेको वताउनुभएको छ ।

प्रर्दशनकारीहरुले महिलामाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रर्दशनी अघि बबरमहलबाट सुरु भएको विरोध ¥याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो । प्रर्दशनकारीहरुले बलात्कारीलाई कडा कार्वाही नगरिएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू