अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

कांग्रेस केन्द्रीय समिति बैठक

बिआरटीनेपाल २०७५ साउन २२ गते ८:१७ मा प्रकाशित

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा समसामयिक सन्दर्भ र आन्तरिक विषयबस्तुमाथि छलफल केन्दि«त रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार मुलुकमा पछिल्लो समय भइरहेका राजनीतिक घटनाक्रम, प्रधानन्यायाधीशको नियुक्ति लगायतका विषयमा वैठकमा छलफल भईरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख नियुक्ति, सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने लगायतका विषयमा पनि पार्टीले गम्भीर छलफल गर्ने बताइएको छ । पार्टीलाई एक ढिक्का बनाएर सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने विषयलाई बैठकमा प्राथमिकता उठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू