अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५ | Colorodo: 13:20

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत

बिआरटीनेपाल २०७५ साउन २१ गते ९:२९ मा प्रकाशित

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सफलता हासिल गर्दै नेपाली टोली सोमबार जेट एयरवेजमार्फत नेपाल फिर्ता भएको हो ।

राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव बिष्टलगायत खेल पे्रमीहरु र समर्थकहरुले स्वागत गरेका थिए । स्वदेश फर्किएपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले समग्रमा नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहे पनि अझै धेरै मेहनत गर्नुपर्ने वताउनुभयो ।

नेपाली टोली बिमानस्थल आइपुग्दा काम विशेषले विमानस्थल पुग्नुभएका नेकपाका नेता नारायणकाजी श्रेष्ठले पनि खेलाडीहरुलाई बधाइ दिनुभएको थियो । गत चैतमा पहिलो पटक चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मान्यता पाएको नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेलेको थियो । दुई खेलको श्रृङ्खलामा नेदरल्याण्ड्सको मैदानमा नेपालले १–१ को बराबरी गरेको थियो । पहिलो खेलमा ५५ रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा एक रनको सनसनीपूर्ण जित दर्ता गरेको थियो ।

 

प्रतिक्रिया