अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

दोस्रो विश्वयुद्धमा प्रयोग भएको ‘भिन्टेज’ विमान दुर्घटना, २० जनाको मृत्यु

बिआरटीनेपाल २०७५ साउन २१ गते ९:२८ मा प्रकाशित

दोस्रो विश्वयुद्ध ताका बनाइएको एक ‘भिन्टेज’ विमान स्वीजरल्याण्डको हिमाली क्षेत्रमा दुर्घटना भएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको छ । शनिबार बिहान हिमाली क्षेत्रको साइटसिनका लागि १७ यात्रु लिएर गएको विमानमा ३ चालक दलका सदस्य सवार थिए । । जंकर्स जेयु–५२ एचबी– एचओटी विमान दुर्घटना हुँदा सवार सबैको मृत्यु भएको प्रहरीले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

वायुसेवा सञ्चालक कम्पनी जेयु एयरले दुर्घटनाले कम्पनी दुःखी भएको बताउँदै यात्रुका आफन्तहरुको सहयोगको लागि हेल्पलाइनको व्यवस्था गरेको बताएको छ । अर्को सूचना जारी नभएसम्मका लागि अन्य उडानहरु पनि रद्द गरिएको जनाईएको छ । दुर्घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन । आइतबार एक पत्रकार सम्मेलन गर्दै प्रहरीले यात्रुहरु ४२ देखि ८४ उमेर समूहको भएको बताएको छ ।

दुर्घटनाग्रस्त विमान समुन्द्री सतहबाट २, ५४० मिटरको उचाईमा रहेको पहाडी इलाकामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको विमान जर्मनहरुले दोस्रो विश्वयुद्धमा प्रयोग गर्नको लागि सन् १९३० को दशकमा बनाएका थिए । उक्त विमान दोस्रो विश्वयुद्धमा पनि प्रयोग भएको थियो । जेयु एयरले हिमाली क्षेत्रको दृश्यावलोकनका लागि दोस्रो विश्वयुद्ध ताका जर्मनहरुले बनाएको पुराना सैन्य विमानहरुबाट माउन्टेन फ्लाइट सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू