अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

इन्डोनेसियाको लोम्वोक टापुमा गएको भूकम्पमा परी कम्तीमा १०० जनाको मृत्यु, अन्य सयौं घाइते

बिआरटीनेपाल २०७५ साउन २१ गते ९:२४ मा प्रकाशित

इन्डोनेसियाको लोम्बोक टापुमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा १०० जनाको मृत्यु भएको छ । उत्तर तटिय टापुलाई केन्द्रविन्दु बनाएर गएको ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा परेर अन्य सयौं घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन ।

घाइते केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । भूकम्पबाट हजारौं घरमा क्षति पुगेको छ । कतिपय स्थानमा विजुलीका पोल ढलेकाले विद्युत् आपुर्ति समेत अबरुद्ध भएको जनाईएको छ । भूकम्पपछि विज्ञहरुले सुनामीको चेतवनी दिएका छन् । सुनामीको चेतावनीपछि भुकम्प प्रभावित तथा अन्य क्षेत्रका वासिन्दाहरुमा थप त्रास फैलिएको वताईएको छ ।

यसअघि, इन्डोनेसियाको पर्यटकीय स्थल लोम्बोकमै गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १६ जनाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू