अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१८ | Colorodo: 03:33

भक्तपुरको घ्याम्पे डाँडामा प्रहरीको इन्काउन्टर, अपहरण र हत्याका आरोपी २ जना मारिए

बिआरटीनेपाल २०७५ साउन २१ गते ९:२२ मा प्रकाशित

भक्तपुरको सुर्यविनायक घ्याम्पेडाँडामा प्रहरीले गरेको इन्काउन्टरमा अपहरण र हत्याका आरोपी भनिएका २ जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकका गणेशबहादुर खड्का र चमेली खड्काका ११ वर्षीय छोरा निशानको अपहरणपछि हत्यामा संलग्न भनिएका दुई जना ( अजय तामाङ र गोपाल तामाङ) को प्रहरी इन्काउन्टरमा ज्यान गएको हो ।

आइतवार बेलुका ८ बजे काँडाघारीस्थित चमेलीले सञ्चालन गरेको चिया पसलबाट अपहरण गरी लगिएका बालकको फिरौती वार्गेनिङ्गका क्रममा नै हत्या गरिएको थियो । अपहरणमा संलग्न भनिएका अजय तामाङ र गोपाल तामाङले ठिमीस्थित उनीहरुको कोठामा निशानको हत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिनुभएको छ ।

अपहरणकारीले प्रयोग गरेको सिमकार्डका आधारमा उनीहरु बसेको स्थान खोज्दै जाने क्रममा ठिमी नगरपालिका वडा नम्बर–७ नगदेशस्थित श्याम लवटको निर्माणाधीन घरको गारोसँगै खाल्डो खनिएको अवस्थामा बालकको शव भेटिएको थियोे । तर, त्यहाँ शव रहेको बारेमा प्रहरीलाई कसले जानकारी दियो भन्ने खुल्न सकेको छैन । हत्यामा संलग्न भनिएका गोपाल र अजय तामाङ भागेर घ्याम्पेडाँडा पुगेको प्रहरीको दाबी छ ।

बालकको शव नगदेशमा भेटिएको अवस्थामा हत्यामा संलग्न भनिएका नुवाकोट सामरीका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोकको कर्थली–१ का २३ वर्षीय अजय तामाङ त्यहाँबाट भाग्दै पाइलट बाबाको आश्रमतर्फ जाने भक्तपुरकै घ्याम्पे डाँडास्थित जंगलमा पुगेको दाबी प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार सुर्यविनायक नगरपालिका–८ घ्याम्पे डाँडाथित जंगलमा प्रहरी पुगेपछि सुरुमा दुईमध्ये एकले गोली हानेका थिए । प्रहरीलाई गोली हान्न खोजिएपछि सुर्यविनायक नगरपालिका–८ स्थित गणेशस्थानबाट ५०० मिटर अगाडि उनीहरु दुवैमाथि जवाफी फायर गरिएको एसएसपी सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू