अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

पर्वतमा बस दुर्घटना, १६ जना घाइते, ६ जनाको अवस्था गम्भिर

बिआरटीनेपाल २०७५ साउन २१ गते ९:२० मा प्रकाशित

पर्वत जिल्लाको मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा सोमवार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पोखराबाट मुस्ताङ जादै गरेको ग १ ख ५५९८ नम्बरको बस सडकबाट करिब ३० मिटर तल खेतमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार गम्भीर घाइते ६ जनाको पोखरास्थित गण्डकी अञ्चल अस्पतालमा उपचार भैरहेको छ । अन्य घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको जनाईएको छ । बस चालकलाई प्रहरी नियन्त्रणमा लिईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू