अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

गण्डकी प्रदेशको रिक्त सांसद पदमा निर्वाचन गर्न माग – प्रादेशिक दुग्ध विकास वोर्ड गठनको वाटो खुल्यो

बिआरटीनेपाल २०७५ साउन २१ गते ९:१९ मा प्रकाशित

गण्डकी प्रदेशमा रिक्त रहेको सांसदको एक पदमा निर्वाचन गर्न सांसदहरुले माग गरेका छन् । गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले सोमबारको संसद बैठकको विषेश समयमा बोल्दै सभामा रिक्त रहेको पदलाई निर्वाचन गर्न माग गर्नुभएको हो । मनाङबाट प्रदेश सभामा निर्वाचित दीपक मनाङे ज्यानसम्बन्धी मुद्दामा जेल चलान भएपछि एक जना सांसद पद रिक्त छ । मनाङे मनाङबाट प्रदेश सभाकालागि निर्वाचित हुनुभएको थियो ।

यसैवीच, गण्डकी प्रदेशमा प्रादेशिक दुग्ध विकास वोर्ड गठनको वाटो खुलेको छ । प्रदेशमा उन्नत जातका दूधालु पशुपालनको लागि उपयुक्त नीति तर्जुमा गरेर सरकारलाई आवश्यक सिफारिस गर्ने उदेश्यले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले वोर्ड गठनको लागि प्रदेशसभामा पेश गरेको प्रदेश दूग्ध विकास वोर्डको स्थापना र व्यवस्थापन गर्न वनेको विद्येयक सोमवारको वैठकवाट वहुमतले पारित भएको हो ।

संसदमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस भने विद्येयकको विपक्षमा उभियो । विशेष गरि वोर्डको उपाध्यक्षको शैक्षिक योग्यता र उमेरको सम्वन्धमा ऐनमा स्पष्ट व्यवस्था नगरिएकोले आफुहरु विपक्षमा उभिएको काँगेस सांसद मेखलाल श्रेष्ठले वताउनुभयो । संसद वैठकमा छलफलपछि उक्त विद्येयक संसदको विद्यायन समितिमा छलफल भएर पुन संसदमा छलफलको लागि प्रस्तुत भएकोमा सोमवारको वैठकले छलफल सहित पारित गरेपछि वोर्ड गठनको वाटो खुल्ला भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू