अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

संसद बैठकमा न्यायधीश दीपकराज जोशीको विषयलाई लिएर सत्तापक्षीय र प्रतिपक्षी सांसदबीच चर्काचर्की

बिआरटीनेपाल २०७५ साउन २१ गते ९:१७ मा प्रकाशित

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको विषयलाई लिएर प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमा समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले संसदीय सुनुवाइ विशेष समितिले बिनाकारण जोशीलाई अस्वीकृत गरिएको भन्दै आपत्ति जनाउनुभयो । सांसद कार्कीले स्वतन्त्र न्यायपालिकामाथि प्रहार भएको भन्दै संसदीय सुनुवाइ समितिको निर्णय अवैध भएको दाबी गर्नुभएको छ ।

लगत्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले कार्कीले उठाउनुभएको विषयमा नियमापत्ति जनाउनुभयो । अधिकारीले संविधानको धारा १०३ मा संसद र समितिको कारबाहीबारे उल्लेख गरिएको भन्दै कार्कीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको छ ।

अधिकारीको नियमापत्ति पछि कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले न्यायपालिकाको स्वतन्त्रताको पक्षमा आवाज उठाउँदा नियमापत्ति गरिएको भन्दै आक्रोश जनाउनुभयो । दीपकराज जोशी अस्वीकृतिको विषयमा सत्ता र प्रतिपक्षी बहसमा उत्रिएपछि सभामुख कृष्णबहादुर महराले सुनुवाइ समितिको प्रतिवेदन पेस भएपछि छलफल गर्ने जनाउदै वैठकका अन्य कारबाही लाई अगाडि वढाउनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू