अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

अमेरिकाको कोलोराडोमा डेमोक्रेट पार्टीका एच बि भण्डारी  (फोटो फिचर)

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ साउन २० गते २२:२८ मा प्रकाशित

मेरिल्यान्ड डिस्ड्रिट ८ का लागि स्टेट डेलिगेडका उम्मेदार ह्यारी भण्डारीले आफ्नो मूलधारको राजनीतिक अभियानको बारेमा प्रकाश पार्नु भएको अन्तर्कृयात्मक कार्यक्रम सम्पन्न भएको छ । ब्रूमफिल्ड स्थित मिनी ईन्डियामा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा पत्रकारहरूको उपस्थितिमा भएको उक्त कार्यक्रम निकै लाभदायी भएको उपस्थित ब्यक्तिवको समान धारणा रहेको पाइएको छ ।

पर्वत जिल्लाबाट विगत १३ वर्ष देखी अमेरिकामा बसोबास गर्दै आउनु भएका भण्डारी लगेज र सपनासँगै बोकेर आउनु भएको कर्मठ र जुझारु युवा हुनुहुन्छ । उहाँले मेरिल्यान्ड राज्यको विधान सभामा निर्वाचन क्षेत्र ८ को लागि डेलिगेट सदस्यको डेमोक्रेट पार्टीबाट उम्मेदवार दिनु भएको छ ।

उहाँ करिब ६००० घर दैलोमा गएर अमेरिकन नेपालीको रूपमा आफूलाई प्रस्तुत गरी आफ्ना अजेन्डालाई स्पष्ट रूपमा राखेर चुनावी प्रतिस्पर्धाको पारम्भिक चरणमा ३२ जना अप्रबासी मध्यबाट मुख्य प्रतिस्पर्धाको लागि चुनिनु भएको छ । फोटो: भुपेन्द्र महत, शैलेश पोखरेल 

चुनावी प्रक्रिया निकै खर्चिलो भएकोले आफ्नो अभियानमा आर्थिक सहयोगको अनुरोध गर्नु भएको छ । नेपाली युवाहरूलाई राजनीतिमा अभिप्रेरित गर्नु पर्ने, स्थानीय स्तरमै भए पनि युवाको सङ्गलनता भएमा नेपालीहरूको समस्याको उचित सुनुवाइ हुने र कार्वान्वन पक्ष सबल हुने कुरामा पनि वहाँले जोड दिनु भएको छ ।

कोलोराडोमा स्थानीय राजनीतिमा सक्रिय ब्यक्तिवत सुरेन्द्र श्रेष्ठ लगायत सबैले उहाँको लागि शुभकामना तथा ऐक्यबद्दता जनाउनु भएको छ । सुरेन्द्र श्रेष्ठ, वासुदेव खनाल, विनोद त्रिपाठी, राज ढुङ्गाना आदिको सकृयातामा सञ्चालित उक्त कार्यक्रममा ३६२५ डलरको आर्थिक सहयोग सङ्कलन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू