अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

सर्वोच्च अदालतको कायम मुकायम प्रधानन्यायाधीश वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्र

बिआरटीनेपाल २०७५ साउन २० गते ११:०७ मा प्रकाशित

सर्वोच्च अदालतको कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले सम्हाल्नु भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारबाट बिदामा बसेपछि दोस्रो वरियतामा रहनुभएका वरिष्ठ न्यायाधीश मिश्रले कायममुकायमको जिम्मेवारी सम्हाल्नु भएको हो ।

प्रधानन्यायाधीशमा प्रस्तावित कायममुकायम प्रधानन्यायाधीश जोशीलाई संसदीय सुनुवाइ विशेष समितिको शुक्रवारको बैठकले अस्वीकृत गरेपछि आइतबारबाट बिदामा बस्नु भएको थियो । जोशीको सोही जिम्मेवारी वरिष्ठ न्यायाधीश मिश्रले आइतबारबाट सम्हाल्नु भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोरखेलले जानकारी दिनु भयो । सर्वोच्च अदालतमा आइतबार ५७ थान मुद्दा पेसीमा चढेको थियो । त्यसमध्ये ४ वटा मुद्दा फैसला गरिएको पनि प्रवक्ता पोखरेलले बताउनु भयो  ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू