अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

लायन्स क्याबिनेट बैठक सम्पन्न

बिआरटीनेपाल २०७५ साउन २० गते ९:०८ मा प्रकाशित

काठमाडौँ – लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ को पहिलो क्याबिनेट बैठक काठमाडौँमा शनिवार सम्पन्न भएको छ । बैठक एरिया नम्बर एकको आयोजनामा भएको थियो ।

कार्यक्रममा लायन्स क्लबका इन्टरनेसनल डाइरेक्टर मोहम्मद अद्रेशले लायन्स क्लबले नेपालमा राम्रो मानवीय सेवा गरेको बताए । उनले यसले गर्दा विश्वमा नै नेपालीहरूप्रति सम्मान बढेको जानकारी दिए ।

पूर्व डाइरेक्टर सञ्जय खेतानले संसारभर नेपाली लायन्सको योगदान प्रशंसनीय भएको बताए । डिष्ट्रिक्ट गभर्नर सुनिल ओझाको अध्यक्षतामा बैठक भएको थियो । बैठकमा ३ सय ८६ क्लबका १ हजार ३ सय जना सहभागी भएको आयोजकले बताएको छ ।  कार्यक्रममा लायन्स सदस्यहरूलाई विभिन्न अवार्डले सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू