अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

भेनेजुएलाका राष्ट्रपतिमाथि ड्रोन आक्रमण, सात सैनिक घाइते

बिआरटीनेपाल २०७५ साउन २० गते ९:०६ मा प्रकाशित

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो माथि ड्रोन आक्रमण भएको छ । भेनेजुएलाको सेनाको ८१ औं वार्षिकोत्सवका अवसरमा राजधानी काराकासमा गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राष्ट्रपति मदुरोमाथि विस्फोट हुने ड्रोन आक्रमण गरिएको हो ।
राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत भइरहेको कार्यक्रमलाई राष्ट्रपतिले सम्बोधन गरिरहेका बेला एक्कासी दुई वटा ड्रोन कार्यक्रमस्थलमा प्रवेश गरेका थिए । त्यसलाई राष्ट्रपतिसहित त्यहाँ उपस्थित भएकाहरुले हेरेका थिए ।

सो क्रममा ठूलो आवाज सुनिएको थियो । ड्रोन आक्रमणपछि ठूलो संख्यामा सैनिकहरु भाग्दै गरेको दृश्य देखिएको थियो । ड्रोन आक्रमणमा परेर सात जना सैनिक घाइते भए पनि राष्ट्रपति भने सकुशल रहेको अधिकारीहरुले जनाएका छन् । भेनेजुएलाका सञ्चार मन्त्री जर्ग रोड्रिग्जले राष्ट्रपति मदुरोको हत्याको प्रयास भएको आरोप लगाउनुभएको छ । उहाँले घटनामा सात जना सैनिक घाइते भएको जानकारी दिनुभएको छ । घटनापछि सुरक्षाकर्मीले अनुसन्धानलाई तिव्रता दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू