अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२० | Colorodo: 04:35

संसदीय सुनुवाई विशेष समितिको औचित्य पुष्टि – नेकपा नेता देवेन्द्र पौडेल

बिआरटीनेपाल २०७५ साउन २० गते ९:०३ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रस्तावित प्रधानन्यायाधीश दिकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकृत गर्नु ले समितिको औचित्य पुष्टि भएको वताउनुभएको छ । अदालत र सदनबीच पछिल्लो समय नयाँ विषय पटाक्षेप भएको उल्लेख गर्दै पौडेलले समितिको यो निर्णयले सदनको सर्वोच्चता पुष्टि भएको दावी गर्नुभयो ।

आफू सुनुवाई समितिको निर्णयको पक्षमा रहेको वताउदै उहाँले समितिको निर्णय अक्षरशः पालना हुनुपर्नेमा जोड दिनुभयो । नेता पौडेलले सरकारको कामकारबाहीबारे प्रतिपक्षी दलले आलोचना गर्न पाउने तर स्वघोषित लोकतान्त्रिक पार्टीले समितिको निर्णय गलत छ भन्न नपाईने जिकिर गर्नुभयो । सरकारले कुनैपनि हालतमा तानाशाह नल्याउने पनि पौडेलले प्रष्ट पार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू