अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९ | Colorodo: 01:34

चलचित्र ‘मिस्टर भर्जिन’ टिम मोफसल टुरमा

बिआरटीनेपाल २०७५ साउन २० गते ८:५७ मा प्रकाशित

चलचित्र ‘मिस्टर भर्जिन’को रिलिज मिति नजिकिँदै गर्दा चलचित्र टिमले आफ्नो प्रचारप्रसारलाई तीव्र पारेको छ । यही क्रममा चलचित्र युनिटले मोफसल टुर गर्ने भएको छ । मोफसल टुर आज पोखराबाट सुरु हुँदैछ । पोखरा स्थित मिड टाउन सिनेमा हल अगाडी ४ बजे कलाकार सहितको साङ्गीतिक कार्यक्रम हुने चलचित्र टिमले जनाएको छ ।

टुरका क्रममा दर्शक तथा सञ्चारकर्मीसँग भेटघाट गर्ने र मनोरञ्जनसहित चलचित्रका बारेमा जानकारी दिने योजना टिमको रहेको छ । टुरमा कलाकार गौरव पहाडी, कमलमणि नेपाल, मरिश्का पोख्रेल, रविन्द्र झा सहित अन्य गायक गायिका पनि सहभागी हुनेछन् ।

नेपालीहरूको लागि चलचित्रको कथा बस्तु निकै नौलो रहेकाले पनि जनमानस सम्म यो कुरा पुर्याउनका लागि पनि यो टुर आवश्यक रहेको निर्देशक बिशारद बस्नेतले बताए ।

पोखरापछि २१ गते बुटवल र चितवन, २२ गते हेटौंडा र त्यस पश्चात् क्रमशः धरान, बिर्तामोड, दमकपछि चलचित्र टिम काठमाडौँ आइपुग्नेछ ।

वल्र्ड वाइड फिल्मसङ डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहाडी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् । चलचित्र ‘मिस्टर भर्जिन’ यही भाद्र १ गतेबाट प्रदर्शनमा आउनेछ । 

प्रतिक्रिया