अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०५ | Colorodo: 02:20

बरिष्ट समाजसेवी तथा गायिका सोमा खत्रीको तीजमा ढलक ढलक नाचौँ” सार्वजनिक

बिआरटीनेपाल २०७५ साउन १९ गते १०:४२ मा प्रकाशित

गाउँ तीजमा स्वर खोली-बजाऊँ सबले ताली,
दिदी बहिनी संगी साथी भेट् भयो यसपालि,
तीजको यो रमाइलो-रमाउँदैछ मन,
आऊ नाचौँ ढलक ढलक लाज नमानिकन,

लामो समयको अन्तराल पछि नितान्त फरक मौलिकपनको एउटा तीज गीत अहिले नेपाली साङ्गीतिक बजारमा आएको छ । गायिका सोमा खत्रीको सुमधुर स्वरले सजिएको तीज विशेष गीत भनेर “गाउँ तीजमा स्वर खोली…….” नामको तीज गीत सार्वजनिक भएको छ । नेपाली समाजमा हिन्दु संस्कृतिमा महिलाहरूले प्रयोग गर्ने रातो टिका, राता चुरा अनि रातै रङ्गका पहिरनको विषयलाई पहिलो अन्तरामा अति शालीन र शिष्ट शैलीमा बयान गरिएको छ, नारी जाति भनेको प्रकृतिका सुन्दर फुल हुन् भन्ने भावलाई सरल तरिकाले प्रस्तुत गरिएको छ , सुन्दर फुल हेर्नलाई नजरहरूको ताँती लाग्ने रसिलो कुरा पनि यस गीतमा उतारिएकोले गीत सुनिरहूँ लाग्छ ।

नारी नेपाल चिन्तनशील सङ्घ केन्द्रीय कार्यालयले आयोजना गरेको उक्त बिमिचन कार्यक्रममा प्रमुख अतिथि बरिष्ट गीतकार कृष्णहरि बरालको हात बाट गीतको म्युजिक भिडियोलाई सार्वजनिक गरिएको थियो l उक्त अवसरमा वरिष्ठ समाजसेवी गायक गायिका तथा संचारकर्मीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो l

कुशल गीतकार देवदत्त भट्टले रचना गर्नुभएको यस गीतमा सङ्गीत प्रशिक्षक सप्रेम सागरले लो क लयमा कर्णप्रिय सङ्गीत भरेका छन् । समाजसेवाको पवित्र कार्यमा सिङ्गो मुलुकमै चर्चामा रहनु भएकी सामाजिक अभियन्ता तथा नेपालभर छरिएर रहेका विभिन्न नारी सम्बन्धी सङ्घ संस्थाहरूको छाता सङ्गठनकी अध्यक्ष एवं गायिका सोमा खत्रीले गाएको यस तीज विशेष गीत सुन्दा जति आनन्द आउँछ त्यो भन्दा बढी आनन्द अझै यस गीतमा आधारित म्युजिक भिडियो हेर्दा आउँछ l यस गीतको म्युजिक भिडियोमा नायिका /कलाकार करुणा खत्री थापाको दमदार अभिनय तथा नृत्य देख्न सकिन्छ । यस म्युजिक भिडियोलाई सङ्गीतकार आफै सप्रेम सागरले निर्देशन गरेका हुन् l

प्रतिक्रिया