अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३१ | Colorodo: 13:46

मिस नेपालको स्वास्थ्य चौकीमा गोर्खा इको प्यानलको सहयोग

बिआरटीनेपाल २०७५ साउन १९ गते ९:१९ मा प्रकाशित

काठमाडौँ । मिस नेपाल वल्र्ड २०१८, श्रृखला खतिवडाको अगुवाइमा मकवानपुरको चेपाग बस्तीमा स्वास्थ्य चौकी भवन बन्न लागेको छ । स्वास्थ्य चौकी भवन बनाउन गोर्खा इको प्यानलले १२ लाख बराबरको इको प्यानल (स्थायी तथा अस्थायी भवन निर्माणमा वालको रूपमा प्रयोग गरिने) प्रदान गरी सहयोग गर्ने भएको छ । सामाजिक उतरदायित्वको कार्यक्रमम अन्तर्गत मकवानपुरको कैलाश गाउँपालिका वडा नं ७ मा बन्ने स्वास्थ्य चौकी भवन बनाउन प्यानल प्रदान गरी सहयोग गर्न लागेको हो ।

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले चेपागहरु आर्थिक रूपमा मात्रै होइन, स्वास्थ्य पहुँचका हिसाबले पनि पिछडिएको समुदाय भएकाले पनि उनीहरूका लागि बनाइने स्वास्थ्य चौकी भवन निर्माणमा सहयोग गर्न लागेको जनाए ।

गोर्खा इको प्यानलका ब्रान्ड एम्वेसडर आर्किटेक्ट इन्जिनियर मिस नेपाल वल्र्ड २०१८, श्रृखलाको डिजाइन तथा अगुवाइमा स्वास्थ्य चौकी भवन बन्न लागेको हो । अन्दाजी ४० लाख बराबरको लागत इष्टमेटमा निर्माण हुने स्वास्थ्य चौकी भवन बनाउन श्रृखलाले अन्य विभिन्न संघसंस्थाहरुको पनि सहयोग लिने छिन् ।

चीनको सुन्यामा आगामी डिसेम्बर ८ (मङ्सिर २२ गते शनिवार) मा हुने मिस वल्र्ड प्रतियोगितामा प्रतिस्पर्धी मिस नेपाल वल्र्ड २०१८ की सुन्दरी श्रृंखलाले स्वाथ्य चौकीको भवन निर्माण पूरा गरी त्यसको वृत्तचित्र त्यहाँ देखाउने छिन् । व्युटी विधि पर्पाेज (उद्देश्यसहितको सौदर्यता) भन्ने नाराका साथ हरेक वर्ष हुने प्रतियोगितामा आफूले पृथक् उद्देश्यका साथ पिछडिएको चेपाग समुदायलाई स्वास्थ्य चौकी बनाई सहयोग गर्ने भएकोले मिस वल्र्डमा सफलता मिल्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू