भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउनु हुनेभएको छ । भदौ १४ र १५ गते काठमाण्डौंमा हुने चौँथो विमस्टेक बैठकमा भाग लिन उहाँ नेपाल आउन लाग्नुभएको हो । सम्मेलनको दौरान प्रधानमन्त्री मोदी नेपालमा दुई दिन रहनुहुनेछ ।
सो क्रममा उहाँले गौतमबुद्धको जन्मस्थान लुम्बनी र पोखराको समेत भ्रमण गर्ने नेपालस्थित भारतीय दूतावास तयारीमा जुटेको स्रोतले जनाएको छ । यसअघि, वैशाख २८ गते दुई दिनका लागि नेपाल भ्रमणमा आउनुभएका मोदीले मुस्ताङ्गबाट फर्किने क्रममा पोखरामा घुम्ने योजना वनाउनुभउको थियो ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) नामक क्षेत्रीय संगठनको चौँथो शिखर सम्मेलन काठमाडौँमा हुन लागेको छ । बिमिस्टेकको अध्यक्ष नेपाल रहेको छ । यो क्षेत्रीय संगठनको सदस्यमा बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड, भुटान र नेपाल सदस्य राष्ट्रको रुपमा रहेका छन् ।