अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 17:21

नेपाल–भारत व्यापार समस्यालाई तत्काल समाधान गरिन्छ – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ साउन १९ गते ७:३९ मा प्रकाशित

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गर्ने वताउनुभएको छ । हालसम देखिएका व्यापारका असमझदारीहरू हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न तत्काल पठाउने लागिएको प्रधानमन्त्री ओलीले वताउनुभयो ।

उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवटारमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा वताउनुभएको हो । नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याको बारेमा कुरा गरिने प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले उद्यमी र सरकार मिलेर नेपालको परिचय बदल्नु पर्ने वताउनुभयो । नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा, गरिब नेपालबाट सम्पन्न नेपालमा, पछौटेपनबाट आधुनिक नेपालमा, बेरोजगार नेपालबाट रोजगारयुक्त नेपालमा बदल्नु पर्ने उल्लेख गर्दै उहाँले नेपालको पुरानो परिचय बदल्नका लागि उद्यमी व्यवसायीले योजना ल्याए त्यसमा सरकारको साथ र सहयोग रहने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालीहरूमा उपभोक्तावादी चिन्तन बढेको पािन वताउनुभएको छ । विश्वको जुनसुकै ठाउँमा निस्केको अत्याधुनिक फेसन पनि नेपालीले लगाएको, अत्याधुनिक खाना खाईरहेको तर आफ्नोमा त्यस्तो फेसन बनाउने वा खाना उत्पादन गर्नेतिर ध्यान नदिएको प्रधानमन्त्रीको गुनासो छ । व्यापार घाटा घट्ने मुख्य कारण पनि उपभोक्तावादी चिन्तन रहेको उहाको ठहर थियो । अहिलेको सरकार स्थिर भएपनि गतिहीन नभएको प्रधानमन्त्रीको तर्क छ । देशलाई स्थिरता चाहिएको तर जनतालाई अगाडि नै नबढ्ने एकै ठाउँमा अडिरहने सरकार नचाहिएको प्रधानमन्त्रीको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू