अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०७ | Colorodo: 14:22

दुई तिहाइको बलमा सरकारद्धारा न्यायपालिका माथि हस्तक्षेप – नेपाली कांग्रेस

बिआरटीनेपाल २०७५ साउन १९ गते ७:३३ मा प्रकाशित

नेपाली कांग्रेसले दुई तिहाइको आडमा सरकारले न्यायपालिका माथि हस्तक्षेप गरेको बताएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा शनिबार पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सहभागी बैठकले न्यायालयमा सरकारले हस्तक्षेप गरेको निष्कर्ष निकालेको हो ।

प्रधानन्याधीशमा सिफारिस हुनुभएका दीपकराज जोशीलाई शुक्रबार संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि उत्पन्न विषयबारे धारणा बनाउन सभापति देउवाले शनिवार वैठक डाक्नुभएको थियो । कांग्रेसले संसदीय सुनुवाइ समिति बैठक बहिष्कार गरेको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार व्यक्ति प्रधानन्यायाधीश हुनु वा नहुनुमा भन्दा पनि प्रक्रिया गलत भयो भन्ने कांग्रेस बैठकको निष्कर्ष रहेको जनाइएकोे छ । प्रक्रिया मिचेर दुई तिहाइका दम्भले गरेका निर्णयविरुद्ध सडकदेखि संसदसम्म आवाज उठाउने नेपाली कांग्रेसले तयारी समेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू