अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

गजल

मन्दिरा मधुश्री २०७५ साउन १८ गते २३:४० मा प्रकाशित

मेरो गाउँ र तिम्रो सहर फरक छ ।
जिन्दगी बुझाइ र ठहर फरक छ ।

मैले भोक सोच्दा तिमी उडान भर्छौ
फरक छन् सपना र रहर फरक छ ।

म त मृत्यु शैय्या तिमी चाहिँ चिरायु
सङ्संगै पिएको त्यो जहर फरक छ ।

म शून्यमा हुँदा तिमी हुन्छौ जागा
दिन रात जस्तै यो प्रहर फरक छ

तर्‍यौ पारि सजिलै म छुटेँ किनार
जीवनको डुङ्गा र नहर फरक छ ।

प्रतिक्रिया