अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१५ | Colorodo: 04:30

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

बिआरटीनेपाल २०७५ साउन १८ गते २३:०५ मा प्रकाशित

चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा फेरी नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा अझै पानी परिरहेकोे छ ।

पहिरो पन्छाउने काम शुरु भएकाले सडक खुल्न केही घण्टा लाग्ने स्थानीय ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताउनुभयो ।

राति परेको वर्षाका कारण सडक चौडा पार्ने क्रममा भित्तो खनिएको स्थानबाट पहिरो खसेको हो । पहिरोले चितवनबाट काठमाडौँ र पोखरा जाने तथा काठमाडौँ र पोखराबाट चितवनलगायत विभिन्न क्षेत्रमा आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरोको जोखिम छ । यसअघि साउन १७ गते पनि सोही ठाउँमा पहिरो खसेर पाँच घण्टा सडक रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू