अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

पेपरलेस मन्त्रिपरिषदः मन्त्रीको आनाकानी र प्रधानमन्त्रीको चेतावनी

बिआरटीनेपाल २०७५ साउन १८ गते १९:४० मा प्रकाशित

काठमाडौं – जेठ १६ गते राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रूपमा भनेका थिए, ल्यापटप चलाउन नआउने मन्त्रीलाई बिदा गरिन्छ । 

मन्त्रिपरिषद् बैठकलाइए पेपरलेस बनाउने आफ्नो विज्ञ समूहको योजनामा मन्त्रीहरूले ध्यान नदिएपछि प्रधानमन्त्रीले सार्वजनिक रूपमै सचेत गराएका थिए । प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएको दुई महिनापछि दुईपटक ‘पेपरलेस’ मन्त्रिपरिषद् बैठक बसिसकेको छ । आजको कान्तिपुरमा समाचार छ ।

यो अवधिमा ल्यापटप चलाउन नजानेकै भरमा कुनै मन्त्रीको पद गुगेको त छैन बरु उनीहरू प्रधानमन्त्री कार्यालयको योजनामा राजी भएका छन्। ‘मन्त्रिपरिषद् कार्यालयलाई पेपरलेस बनाउने योजना सुरुमा मन्त्रीहरूले मानेका थिएनन्, प्रधानमन्त्रीका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीको चेतावनीपछि उनीहरू सहमत भए।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू