अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०५ | Colorodo: 07:20

अब ‘ठाउँको ठाउँ’ खाद्य गुणस्तर परीक्षण

बिआरटीनेपाल २०७५ साउन १८ गते १९:३६ मा प्रकाशित

काठमाडौं – सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ गर्ने भएको छ । बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्यबाबसहितको प्रविधि प्रयोग गर्न लागिएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । 

बजार अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर ठिक, बेठिक छुट्याउन घुम्ती ल्याबसहितको भ्यान सञ्चालन गर्न लागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

होटल तथा रेस्टुरेन्टका खाना, खाजा, दूध, मिठाइ, तरकारी, घिउ, तेल, पानी, मासुलगायत खाद्यवस्तु, तिनमा प्रयोग हुने रंगको नमुना संकलन गरेर तत्काल ल्याब परीक्षण गरिनेछ । यसरी संकलन गरिएको नमुनामा भएको विषदी, रसायन घुम्ती ल्याबमा परीक्षण हुनेछ ।

ठाउँको ठाउँ खाद्य वस्तु परीक्षण गरेर नतिजा दिने प्रविधिसहितको उपकरण जडित तीनवटा भ्यान विभागले ल्याएको छ । दैनिक रूपमा खाद्यवस्तु ठाउँको ठाउँ परीक्षण गर्न लागेको विभागका महानिर्देश सञ्जीवकुमार कर्णले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू