अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

नेपालद्वारा नेदरल्याण्ड्स सामु २१७ रनको लक्ष्य प्रस्तुत

बिआरटीनेपाल २०७५ साउन १८ गते ९:०२ मा प्रकाशित

अन्तर्राष्ट्रिय वान डे क्रिकेट सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्ससामु २ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ । एमस्टर्डमको एमस्टलभिनस्थित भीआरए मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा अलआउट हुँदै २ सय १६ रन वनाएको छ ।

नेपालका मध्यक्रमका ब्याट्सम्यान सोमपाल कामीले खेलमा सर्वाधिक ६१ रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरेका छन । कप्तान पारस खड्काले ५१ रन जोडे । दिपेन्द्र सिंह ऐरी र सुवाश खकुरेलले समान १९ रन जोड्न सफल भए भने आरिफ शेखले १६ र ज्ञानेन्द्र मल्लले १३ रन जोड्न बाहेक अन्य ब्याट्स्म्यान क्रिजमा जम्न सकेनन् ।

नेदरल्याण्ड्सका लागि फ्रेड क्लाशेनले सर्वाधिक ३ विकेट लिए । माइकल रिपोन र पिटर सेलारले २/२ विकेट लिए । नेदरल्याण्ड्सले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

 

प्रतिक्रिया