अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१८ | Colorodo: 23:33

युरोपका अधिकांश मुलुकमा तापक्रम बढ्यो, जनजीवन प्रभावित

बिआरटीनेपाल २०७५ साउन १८ गते ८:५८ मा प्रकाशित

युरोपका अधिकांश देशहरुमा पछिल्लोे समय तापमान निकै बढेको छ । केही राष्ट्रमा तापक्रम बढ्ने क्रम रहेकाले जनजीवनमा असर पार्ने अनुमान युरोपको मौसम पूर्वानुमान महाशाखाले गरेको छ । ग्रीसमा तापक्रम ४८ डिग्री सेल्सियस पुगेको छ भने स्पेन र पोर्चुगलको तापक्रमले ४७ डिग्रीको उचाइ छोएको छ ।

तापमान बृद्धिसँगै त्यहाँको जनजीवन प्रभावित बन्नुका साथै पर्यटकहरु मारमा परेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । मौसम पूर्वानुमान महाशाखाले तापमान अझै केही दिनसम्म बढेकै अवस्थामा रहने हुनाले सम्बन्धित देशका सर्वसाधारणलाई सचेत रहन अपील गरेको छ ।

यसैवीच, इटलीमा पनि तापक्रम ४७ दशमलव ५ डिग्री पुगेकाले रोमका जनता प्रभावित भएका छन् । तापक्रममा भारी बृद्वि भएसँगै युरोपका अधिकांश शहरका मानिसको हिँडडुलमा कमी आएको जनाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू