अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२४ | Colorodo: 04:39

कांग्रेस संसदीय दलको बैठक शनिबारसम्मका लागि स्थगित

बिआरटीनेपाल २०७५ साउन १८ गते ८:५२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रवार बसेको बैठकमा संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल भएको छ । यद्यपि, आजको वैठकमार्फत कुनै निर्णय लिइएको छैन । बैठक शनिबार दिउँसो २ बजे फेरि बस्नेगरी स्थगित गरिएको छ । बैठकमा सदनमा आफ्ना मुद्दाहरुलाई कसरी पेस गर्ने भन्नेबारेमा सांसदहरुबीच छलफल भएको वताईएको छ । बिहीबार कांग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय माग गर्दा नपाएपछि प्रतिनिधिसभा बैठक बहिस्कार गरेको थियो ।

कांग्रेसले बहिस्कार गरेपछि पनि सभामुखले बैठक निरन्तर सन्चालन गरेको विषयलाई गम्भीररुपमा लिइएको कांगे्रसका नेताहरुले बताएका छन् । संविधानमा व्यवस्था गरिएको मौलिक हक कार्यान्वयनका लागि बनाउनुपर्ने ऐनका सम्बन्धमा पनि आजको छलफल भएको बताइएको छ । हालै गठन गरिएको संसदीय समितिका बारेमा पनि बैठकमा छलफल भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू