अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५९ | Colorodo: 14:14

प्रधानन्यायधीशमा दिपकराज जोशी अस्वीकृत

बिआरटीनेपाल २०७५ साउन १८ गते ८:४४ मा प्रकाशित

प्रधानन्यायधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले समितिको बैठक बहिस्कार गरेपछि सत्तारुढ दलका दुई तिहाई बहुमत सांसदले प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकार गरेको हो ।
सिंहदरबारमा आज झण्डै पाँच घण्टा चलेको बैठकले सर्वसम्मत निर्णय गर्न नसकेपछि बहुमतको आधारमा जोशीलाई अस्वीकार गरिएको हो । प्रधानन्यायधीशले जिम्मेवारी वहन सम्बन्धमा ठोस अवधारणा र कार्ययोजना प्रस्तुत गर्न नसकेको, शैक्षिक प्रमाणपत्र र जन्ममितिबारे रहेको विवाद लगायत कारण जोशीलाई प्रधान्यायाधीशमा अस्वीकार गरिएको नेकपाका तर्फबाट समिति सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो ।

त्यसअघि बैठकमा सत्तारुढ दलका सांसदले जोशीलाई अस्वीकार गर्ने भएपछि कांग्रेसका सांसदहरुले बैठक बहिस्कार गरेका थिए । संसदीय सुनुवाई बिशेष समितिले सिफारिस भएका ब्यक्ति अस्वीकार गरेको यो पहिलो पटक हो । बैठक बहिष्कार गर्दै कांग्रेसले सरकारले संविधान र स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप भएको आरोप लगाएको छ । कांग्रेसका ज्ञानेन्द्रवहादुर कार्कीले सरकारले दुई तिहाई बहुमतको दम्भमा गलत नजिर स्थापित गरेको आरोप लगाउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू