अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 20:58

मन्त्री पुनले टेलिफोनमा जनताका गुनासा सुन्ने

बिआरटीनेपाल २०७५ साउन १७ गते १८:३० मा प्रकाशित

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले हरेक शुक्रवार मन्त्रालय र मातहतका निकायमा रहेका गुनासा सम्बोधन गर्न उपभोक्तासँग प्रत्यक्ष टेलिफोन संवाद गर्नुहुने भएको छ ।

मन्त्री पुनको सचिवालयका अनुसार विद्युत्सम्बन्धी जनताका गुनासा तथा समस्या सुनी त्यसको समाधान गर्ने उद्देश्यले पैसा नलाग्ने टेलिफोन नम्बर ११५१ र पैसा लाग्ने फोन नम्बर ०१–४२००६४१ र ४२ मा टेलिफोन संवाद गर्नुहुने कार्यक्रम तय गरिएको छ ।

मन्त्रालय र मातहतका नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागलगायत निकायको सेवाबारे उपभोक्ताको गुनासो सुनेर उपभोक्तालाई दिने सेवा तथा सुविधालाई प्रभावकारी बनाउन लागिएको मन्त्रालयले जनाएको छ ।

उपभोक्ता तथा सेवाग्राहीसँग मन्त्री पुनले एक घण्टा प्रत्यक्ष कुराकानी गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू