अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:११ | Colorodo: 07:26

जिम्बाब्बेमा प्रहरी र विपक्षी कार्यकर्ताबीच झडप, तीन जनाको मृत्यु

बिआरटीनेपाल २०७५ साउन १७ गते ८:३९ मा प्रकाशित

जिम्बाब्बेमा प्रहरी र विपक्षी दलका कार्यकर्ताबीच भएको झडपमा ३ जनाको मृत्यु भएको छ । सत्ताधारी दल जानू–पीएफ पार्टीले सोमबार भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै विपक्षी गठबन्धन एमडीसीले हरारेमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो ।

विपक्षी गठबन्धनले प्रहरीको कारबाहीको निन्दा गर्दै तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेको शासनकालको कालो दिनको याद आएको जनाएको छ । राष्ट्रपति इमरन मनंगाग्वाले हिंसा फैलिनुमा विपक्षीलाई जिम्मेवार ठह¥याउनु भएको छ ।
उहाँले चुनावी प्रक्रियामा खलल पु¥याउने उद्देश्यले विपक्षीले हिंसा भड्काएको आरोप लगाउनुभयो । निर्वाचनमा सत्ताधारी दल जानु–पीएफ पार्टीले ठूलो अन्तरले आफूले जितेको दाबी गरेको छ । सत्ताधारी दलका नेता तथा वर्तमान राष्ट्रपति इमरसन मनंगाग्वाले चुनाव जितेको दाबी गरिएको हो ।

तर विपक्षी गठबन्धन एमडीसीले आफ्ना उम्मेदवार नेल्सन चामिसाले राष्ट्रपतिमा जितेको दाबी गरेको छ । निर्वाचन आयोगले भने निर्वाचनको परिणाम अझै घोषणा गरेको छैन । यसैबीच युरोपेली संघका पर्यवेक्षकले राष्ट्रपति चुनावको नतिजा सार्वजनिक गर्न ढिलाइ गरिएकोमा चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू