अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५४ | Colorodo: 15:09

पोखराको फेवाताल किनारमा प्रदेश सरकार र महानगरले एक करोडको राष्ट्रिय झण्डा पार्क बनाउने

बिआरटीनेपाल २०७५ साउन १७ गते ८:३१ मा प्रकाशित

पर्यटकिय शहर पोखराको फेवाताल किनारामा १ करोडमा नेपाली राष्ट्रिय झण्डा राखिने भएको छ । गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिकासँगको सहकार्यमा माछापुच्छ्रे छायाँ र १ सय मिटर अग्लो नेपाली राष्ट्रिय झण्डा तालमा देखिने गरी पार्क बनाउन लागेको हो ।

ड्यामसाइडस्थित पार्कमा उक्त बृहत नेपाली झण्डा बनाइने गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिनुभएको छ । उहाँले फेवातालमा माछापुच्छ्रेको छायाँ सँगै नेपाली झन्डा पनि देखिने गरि उक्त संरचना तयार गरिने वताउनुभयो । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी फेवा संरक्षणमा जोड दिदै पर्यटक लक्षित योजनाहरु आरम्भ गर्ने प्रदेश सरकारको कार्ययोजना अन्तर्गत उक्त कार्य प्रारम्भ गर्न लागिएको वताईएको छ ।

प्रदेश सरकार र पोखरा महानगरपालिकाको सह–लगानीमा सम्पन्न हुने योजनालाई मन्त्रिपरिषदले पारित गरिसकेको छ । मन्त्रिपरिषद्ले नै योजनालाई स्विकृत गरेपछि योजना अब टेण्डर प्रक्रियामा जाने सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो । टेण्डर प्रक्रियामा गईसकेपछि लाग्ने लागतमा सरकारले समपुरक अनुदानबाट र महानगरपालिकाले ५० / ५० प्रतिशत लगानी गर्नेछन् । टेण्डर भने महानगरपालिकाले आह्वान गर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू