अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

संविधान संशोधनका लागि दवाव दिन जनजातिलाई प्रचण्डको आग्रह

बिआरटीनेपाल २०७५ साउन १७ गते ८:२८ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन का लागि दवाव दिन जनजाति समुदायलाई आह्वान गर्नुभएको छ । अध्यक्ष प्रचण्डले उत्पीडित समुदायले आवाज उठाएमात्रै संविधान संशोधनको काम अघि बढाउन सहज हुने पनि स्पष्ट पार्नुभयो । बिहीबार ‘नेपालमा संघीयताको कार्यान्वयन र जातीय पहिचानको सवाल’ विषयक अन्तरक्रियामा वोल्दै उहाँले मुलुकलाई समृद्ध बनाउन बलियो कम्युनिष्ट पार्टी निर्माण गर्नु परेको वताउनुभयो । अध्यक्ष प्रचण्डले मुलुकलाई अस्थिरताको अन्त्य गर्न एमालेसँग पार्टी एकता गर्न आफैले प्रस्ताव गरेको स्मरण गराउनुभयो ।

कार्यक्रममा वोल्दै काँग्रेस नेता गोपालमान श्रेष्ठले संघीयताको मर्म अनुसार सरकार चल्न नसकेको आरोप लगाउनुभयो । उहाँले केन्द्रबाट प्रदेश सरकारमाथि अत्याचार भईरहेको दाबी गर्दै त्यसबारे स्पष्टिकरण दिन पनि सरकारसँग माग गर्नुभयो । काँग्रेस नेता श्रेष्ठले सबै समुदायको माग सम्बोधन नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने वताउनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू