अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 00:31

सुचनाको भ्रष्ट्रिकरण समाजका लागी घातक – प्रेश काउन्सील कार्यवाहक अध्यक्ष श्रेष्ठ 

बिआरटीनेपाल २०७५ साउन १७ गते ८:२६ मा प्रकाशित

प्रेस काउन्सील नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मुलुकमा पछिल्लोपटक खस्कदै गएको पत्रकारीताकोे अवस्थाका बारे चिन्ता व्यक्त गर्नुभएको छ । प्रेस काउन्सील नेपालद्धारा पोखरामा आयोजित “पत्रकार आचारसंहिता जागरण अभियान २०७५” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले हतारको पत्रकारीता फस्टाएको तथा खोज पत्रकारीता गोजी पत्रकारीतामा खुम्चिदै गएको वताउनुभयो । पत्रकारीतामा अराजकता मौलाएको वताउदै उहाँले पत्रकारहरु डर विहिन, घर विहिन र कर विहिनको जिनिस जस्तै भएको टिप्पणी गर्नुभयो ।

सुचनाको भ्रष्ट्रिकरण समाजका लागी घातक हुने उल्लेख गर्दै श्रेष्ठले पत्रकारहरु रोवर्ट र कुनै प्रकारको प्रवृत्तिबाट परिचालित हुन नहुने तर्क गर्नुभयो । पत्रकारीतामा समाज बदल्न सक्ने शक्ति हुने वताउदै उहाँले पेशालाई मर्यादित बनाउनु पर्ने उल्लेख गर्नुभयो । पत्रकारीतामा विद्यमान समस्याहरुको न्युनिकरणका खातिर आचार संहिताको पुर्ण पालनामा प्रतिवद्ध बन्न श्रेष्ठले पत्रकार एवं संचार माध्यमहरुलाई सचेत गराउनुभयो । रेडियो, टिभी र अनलाईनहरुको समेत वर्गिकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रय सदस्य रामकृष्ण ज्ञवालीले मिडिया हाउसहरु इमान्दार बन्नु आवाश्यक रहेको वताउनुभयो । विज्ञ टिकाराम राईले पत्रकारीतामा अस्वाभाविक रुपमा मौलाएको प्रवृतिगत विकासका कारण विश्वास गुम्दै गएको ठहर गर्नुभयो । नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तिर्थ कोईरालाले पत्रकारीता सत्यताको पक्षमा सापेक्ष हुनु पर्ने वताउनुभयो । आचारसंहिताको पालना नहुदाँ विश्वासमा ह्रास आएको उहाँको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू