अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१९ | Colorodo: 14:34

अन्तरराष्ट्रिय नेपाली पत्रकार सङ्घ (INJA)गठन, अध्यक्षमा लुइँटेल सहित विदेशी पत्रकारहरू सल्लाहकारमा नियुक्ति

विजय थापा २०७५ साउन १६ गते २२:१४ मा प्रकाशित

पत्रकार पेसामा लामो समय देखि काम गरी रहेका र हाल सम्म पनि पेसालाई निरन्तरता दिँदै अमेरिकामा रहेका पत्रकारहरूले डिसी महानगर क्षेत्रवाट अन्तरराष्ट्रिय नेपाली पत्रकार सङ्घ (INJA)गठन गरेको घोषणा गरेका छन् ।

सङ्घीय अवधारणाको मूल उद्देश्य लिएर उक्त संस्था जाने भएको जानकारी दिइएको छ । पत्रकार भेटघाट कार्यक्रम मार्फत पत्रकार गुणराज लुईटेलको अध्यक्षतामा समिति गठन गरेको जनाउँदै विदेशी पत्रकारहरूलाई समेत समेट्दै सल्लाहकारमा नियुक्ति गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्ह (INJA) बिधिवत रूपमा दर्ता भएको छ भने गैर नाफा मूलक यो संस्था अमेरिकाको सघिय तथा राज्य सरकारमा दर्ता भएको जनाइएको छ ।

विश्वभरी छरिएका नेपाली भाषी पत्रकार, सन्चारकर्मीहरु तथा पत्रकारहरूका छाता सङ्गठनहरूलाई एक सूत्रमा बाँधी उनीहरूको क्षमता अभिवृद्धि गर्ने, त्यस मुलुकको मूल सञ्चार क्षेत्रमा आबद्ध गराई ब्यबसाहिक पत्रकारिताका लागी पहल र सहयोग प्रदान गर्ने जस्ता उद्देश्य लिएको पत्रकार भेटघाटमा जानकारी दिएका छन् ।

कुनै संस्था फुटेर नयाँ संस्था स्थापना गरिएको नभएर विशुद्ध रूपमा नेपाली पत्रकारिता जगत्लाई ब्यबसायिकरुपले उनीहरूको क्षमता, स्तर र अनुभवलाई अन्तर्राष्ट्रिय करण गर्दै नेपाल र नेपालीहरूको हितमा काम गर्नका लागी नै स्थापना गरिएको संस्थाका एक पहल कर्ता सुनिल मणि दाहालले जानकारी गराए ।

अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्घ (INJA) ले बुधवार अगस्त १ तारिख अमेरिकाको भर्जिनिया राज्य स्थित फेयरफ्याक्समा पत्रकार सम्मेलन गरी संस्थाको बारेमा विस्तृत जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष गुणराज लुइँटेल सर्व सम्मतिबाट चयन भएका छन् । यसै गरी समितिमा सभापति गुणराज लुइँटेल लगायत अन्यहरू यस प्रकार रहेको छ । बोर्ड अफ ट्रस्टीमा राम चन्द्र खरेलको सभापतित्वमा वरिष्ठ पत्रकार योगेश उपाध्याय समेत रहेका छन् ।

उप सभापतिहरूमा सुनिल मणि दाहाल-अमेरिका, विष्णु शीतल-अमेरिका, टङ्क पन्त-एसिया, मन ऋषि धिताल-अस्ट्रेलिया, अनुराधा पौडेल-युरोप तथा डा किस्मत भण्डारी-क्यानडा रहेका छन् । यसै गरी महासचिवमा अमेरिकाका शिव विष्ट, सचिवमा शारदा सिलवाल तथा कोषाध्यक्षमा बाल्टिमोरका सृजना ताम्राकार चयन भएका छन् ।

यसै गरी सञ्चार निर्देशकमा विजय थापा, सङ्गठन निर्देशकमा किशोर सापकोटा, नीति निर्देशकमा विष्णु शर्मा तथा प्रविधि निर्देशकमा केशर कार्की मनोनीत भएका छन् ।

यसै गरी समिति सदस्यहरूमा अमेरिकाबाट भुपेन्द्र थापा, बिश्वराज थापा, दोव ढकाल, अंकुश नेपाल, तारा भट्टराई, पुनम पौडेल रहेका छन् भने दुबईबाट सुवास शर्मा, नेपालबाट कृष्ण ढुङ्गाना तथा ओमानबाट बिनेश खनाल रहेका छन् ।

यसै गरी साउदी अरबबाट तेज बहादुर थापा, अमेरिकाबाट सर्बज्ञ वाग्ले, स्विटजर् ल्याण्डबाट विजय शर्मा दर्पण, अमेरिकाबाट राजिव श्रेष्ठ, सरोज केसी, श्रीजना उप्रेती, उमेश शर्मा, पूर्ण बराइली तथा सुनिल हुमागाई रहेका छन् ।

यसै गरी सल्लाहकारहरूमा हरि अधिकारी, शेखर ढुङ्गेल, जर्ज मेसन विश्व विद्यालयका प्रा क्रिस्टोफर जे फरेल, सहायक प्रा जेफ साउथ, एसपीजे का रविन सिडरस्कि, नेपाल पत्रकार महा सङ्घका पूर्व अध्यक्ष तारानाथ दाहाल तथा पत्रकार प्रा घमराज लुइँटेल रहेका छन् ।

तस्बिर :राजिव श्रेष्ठ

प्रतिक्रिया