अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३५ | Colorodo: 16:50

समितिले सरकार विरुद्ध ज्ञापन-पत्र बुझायो

बिआरटीनेपाल २०७५ साउन १६ गते २२:१६ मा प्रकाशित

नेपाली काँग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले सरकारको अधिनायकवादी, जनविरोधी र असंवैधानिक कृयकलापको विरुद्धमा न्यु योर्क स्थित नेपाली महाबाणिज्यदुताबासको कार्यालयमा पुगेर वाणिज्य दूत श्री पुष्प कुमार भट्टराई मार्फत ओली सरकारलाई साङ्केतिक विरोध स्वरूप ज्ञापन-पत्र बुझाइएको छ।

नेपाली जनसम्पर्क समितिका सभापति एवं ने काका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्ट र महासचिव मुनिन्द्र नेम्बाङको नेतृत्वमा गएको टोलीले नेपाल सरकारको धनाकर्षण गराउन उक्त विरोध पत्र बुझाएको हो।

उक्त ज्ञापन पत्रमा सरकारद्वारा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि थालिएको निषेध र नियन्त्रण कारी हस्तक्षेप, राष्ट्रसेवक कर्मचारी र शैक्षिक क्षेत्रमा गरेको अन्यायपूर्ण राज्यआतंक, अनियन्त्रित बजार मूल्यवृद्धि तथा विभिन्न संवैधानिक निकायमा भएको सरकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिका माथि गरेको ठाडो आक्रमण लगायत संविधानको मर्म र भावनालाई मिचेर गरेका निर्णय, व्यवहार र सरकारी नीतिको नेपाली जनसम्पर्क समिति अमेरिकाले घोर निन्दा र विरोध गरेको छ ।

ज्ञापन पत्र बुझाउने टोलीमा संस्थाका केन्द्रीय सचिव भोजराज थोकर, केन्द्रीय सदस्य सुवास लामा, न्यु योर्क च्याप्टरका सभापति रोशन ढुङ्गाना, उपसभापति अमर तामांग, सदस्य उमेश थापा, शिव बानियाँ, संस्थाका सल्लाहकार आंगदावा शेर्पा, महिलासंघका केन्दीय सदस्य राजन विश्वकर्मा लगाए समावेश थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू