अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 07:05

विद्रोही समूहले थापेको विद्युतीय धरापमा परी अफ्रिकी गणतन्त्रमा तीन पत्रकारको मृत्यु

बिआरटीनेपाल २०७५ साउन १६ गते ९:०१ मा प्रकाशित

विद्रोही समूहले थापेको विद्युतीय धरापमा परेर मध्य अफ्रिकी गणतन्त्रमा कार्यरत तीन जना रुसी पत्रकारको मृत्यु भएको छ । वृत्तचित्र निर्माणका क्रममा मध्य अफ्रिकी गणतन्त्र पुगेका बेला ती पत्रकार विद्रोहीको विद्युतीय धरापमा परेका हुन् ।

उनीहरुले वाग्नर विद्रोही समूहका बारेमा वृत्तचित्र निर्माण गरिरहेको बताइएको छ । मध्य अफ्रिकी गणतन्त्रको मुख्य शहर सिबुटको सडकमा उनीहरु धरापमा परेका हुन् । यद्यपी, कुन समूहले थालेको विद्युतीय धरापमा उनीहरु परेका हुन भन्ने खुल्न सकेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू