अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

मेक्सिकोमा ९७ यात्री सवार विमान दुर्घटना, सबैको उद्धार

बिआरटीनेपाल २०७५ साउन १६ गते ९:०० मा प्रकाशित

मेक्सिकोमा ९७ यात्री र चालक दलका चार सदस्य सवार विमान दुर्घटनामा परेको छ । उडेको करिब पाँच मिनेटमा विमान दुर्घटना भए पनि सबै यात्रु बाच्न सफल भएका छन् । दुर्घटनास्थलमा आगो लागेको दृष्य स्थानीय टेलिभिजन च्यानलले प्रशारण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । अधिकांश यात्री दुर्घटनाग्रस्त विमानबाट आफैं बाहिर निस्कन सफल भएको वताईएको छ ।

मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटी जानका लागि उडान भरेको ए एम २४३१ विमान दुर्घटनामा परेको हो । दुरंगो राज्यका गभर्नर जोसे एस्पुरोले घटनामा कसैको पनि मृत्यु नभएको जानकारी दिनुभएको छ । उहाँले दुर्घटनामा ८५ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको जनाएका छन ।
विमान खराव मौसमका कारण दुर्घटनामा परेको बताइएको छ । मौसममा खरावी आएपछि चालक दलका सदस्यहरुले विमानलाई आपतकालीन अवस्थामा घाँसे मैदानमा अवतरण गराउन खोजेपछि दुर्घटना भएको वताईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू