अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 06:43

नेपाल भारत थिंक ट्यांक सम्मेलन सम्पन्न, वोर्डर सुरक्षाका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्नेमा जोड

बिआरटीनेपाल २०७५ साउन १६ गते ८:५७ मा प्रकाशित

नेपाल र भारत वीचकोे थिंक ट्यांक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा नेपाल भारतको सुरक्षा र विकासको अवस्था, दुई देशबीचको सम्बन्ध, चीनको चासो, सीमा सुरक्षा, व्यपार व्यवसायी, सन्धि सम्झौता लगायतको विषयमा बहस भएको थियो । सम्मेलनमा नेपाल र भारतका प्रबुद्ध वर्ग (थिंक ट्यांक) ले आ–आफ्नो धारणा राखेका छन् । सम्मेलनमा दुवै देशको सुरक्षा संवेदनशिलतमा सबैले चासो लिएको जनाईएको छ ।

कार्यक्रममा दुवै देशका अवकाश प्राप्त सैनिकहरुले समेत भाग लिएका थिए । उनीहरुले आ–आफ्ना विभिन्न तर्कहरु दिंदै भारतका लागि नेपालको बोर्डर सुरक्षा चुनौती बनेको वताएका छन । यसमा नेपाल पक्षले अझै संवेदनशील हुनुपर्ने भनेको छ भने अन्य पक्षले बोर्डरमा निगरानी अझै बढाउनुपनआवश्यकता औल्याएका छन ।

सम्मेलनमा छलफलको दौरान बोर्डरमा परिचयपत्रको व्यवस्था गर्नुपर्ने कुरा समेत उठेको छ । तेस्रो सत्रको अध्यक्षता गर्नुभएका नेकपाका नेता तथा प्रबुद्ध समुहको सदस्य राजन भट्टराईले नेपाल–भारतको सीमामा परिचयपत्रको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभएको हो । मधेश राजनीतिका जानकार एवं पूर्वराजदूत विजयकान्त कर्णले परिचयपत्रको बारेमा प्रश्न उठाएपछि राजन भट्टराईले जवाफ दिनुभएको थियो ।

यसैबीच, भारतका सुरक्षा सम्बन्धि अध्ययन गर्ने एक संस्था इन्स्टिच्युट फर डिफेन्स स्टडी एण्ड एनालाइसिसका रिसर्चर डा.निहार नायकले नेपालमाथि भारतले नाकाबन्दी नलगाएको दावी गर्नुभएको छ । नेपाल भारतको विभिन्न नाकामध्ये वीरगञ्ज–रक्सौल नाकामा मात्र प्रदर्शनकारीहरु धर्ना बसेका कारण नाकाबन्दी जस्तो देखिएको तर त्यसलाई नाकाबन्दी भन्न नहुने दावी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू