अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

प्रस्तावित प्रधानन्यायधिशको टुंगो लगाउन वसेको संसदीय समितिको बैठक अनिर्णित, शुक्रवार पुनः वैठक वस्ने

बिआरटीनेपाल २०७५ साउन १६ गते ८:५२ मा प्रकाशित


प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नामबारे टुंगो लगाउन बुधबार बसेको संसदीय सुनुवाइ समिति बैठक बिनानिष्कर्ष सकिएको छ । सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसबीच सहमति नजुट्दा बैठक आउँदो शुक्रबार बिहान १० बजेसम्मका लागि स्थगित भएको हो ।

समिति सदस्य एवं नेकपाका सांसद् योगेश भट्टराईका अनुसार दलहरुवीच सहमति खोज्नका लागि बैठक सारिएको हो । आज केहीबेर बसेको बैठकमा प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीको विषयलाई विवादित नवनाउने तथा यस सम्बन्धमा दलहरुबीच थप छलफल गर्नुपर्ने भएकोले बैठक स्थगित गरिएको जनाईएको छ ।

वुधवार अपराह्न साढे ३ बजेका लागि तोकिएको बैठक अढाइ घण्टा ढिला गरी साँझ ६ बजेपछि सुरु भएको थियो । जोशीलाई प्रधानन्यायाधीशका रुपमा सत्ता पक्षका सांसदहरु अस्वीकार गर्ने र प्रतिपक्षी सांसदहरु स्वीकार गर्ने अडानमा रहिरहेका दुवै पक्षले आवश्यक आन्तरिक गृहकार्यसमेत गरेका थिए ।

गत बिहीबार प्रधानन्यायाधीशमा जोशीका बारे सुनुवाइ भएको थियो । सामान्यतयाः सुनुवाई हुँदाकै दिन निर्णय हुने गरेको भएपनि सोमबारसम्मका लागि बैठक सारिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू