अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०६ | Colorodo: 00:21

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५ पुरस्कृत पत्रकारहरुको नाम सार्वजनिक

बिआरटीनेपाल २०७५ साउन १५ गते १०:४९ मा प्रकाशित

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’बाट पुरस्कृत हुने चार पत्रकारको नाम सार्वजनिक गरेको छ ।

पुरस्कार छनौट समितिको २०७५ साउन १४ गते बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी निर्णय आज बसेको फोनिज सचिवालय बैठकले अनुमोदन गर्दै पुरस्कृत पत्रकारको नाम सार्वजनिक गरेको हो ।

फोनिजले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकारहरू उजिर मगर (अनलाइन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र बिमला चौधरी (रेडियो) विधामा पुरस्कृत हुने भएको फोनिजका महासचिव मनोज घर्तीमगरले जानकारी दिए ।

जनही ४०,००० (चालिस हजार रुपैयाँ) राशिको पुरस्कार २०७५ साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘१९ औँ स्थापना दिवस तथा पुरस्कार वितरण समारोह–२०७५’ कार्यक्रममा प्रदान महासचिव मनोज मगरले विज्ञप्ति निकालेर जानकारी दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू