अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

खेलकुद पत्रकारिता पुरस्कार २०७५ राजवंशी र सिलवाललाई

बिआरटीनेपाल २०७५ साउन १५ गते १०:३५ मा प्रकाशित

काठमाडौँ, युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार २०७५ बाट निरञ्जन राजवंशी र राजु सिलवाललाई सम्मान गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा खेलकुद मन्त्रालयले बीबीसी नेपाली सेवाका पत्रकार राजवंशी र नेपाल टेलिभिजनका पत्रकार सिलवाललाई नगद ५०/५० हजार रुपैयाँ सहित सम्मान गरेको हो ।

सञ्चार माध्यमबाट नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदान स्वरूप उनीहरूलाई खेलकुद पत्रकार तथा सम्मान २०७५ बाट सम्मानित गरिएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष समेत रहेका राजवंशी समाचार पत्र दैनिक हुँदै अहिले बीबीसीमा कार्यरत छन् ।

यता, २०४२ सालमा प्रशिक्षण पत्रकारको रूपमा नेपाल टेलिभिजन प्रवेश गरेका सिवलालले ३० वर्ष टेलिभिजन पत्रकारिता क्षेत्रमा काम गरेर बिताई सकेका छन् ।हाल उनी नेपाल टेलिभिजनमा निर्देशकको रूपमा कार्यरत छन् । दुवै पत्रकार अहिले पनि खेलकुद पत्रकारितामा उत्तिकै सक्रिय छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू